ad ad

समाज


साहित्यकार परशु प्रधानको निधन

साहित्यकार परशु प्रधानको निधन

नेपालखबर
चैत ६, २०८० मंगलबार ७:१२, काठमाडौँ

प्रसिद्ध साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। 

प्रधानका छोरासमते रहेका पत्रकार प्रतीक प्रधानले बुवाको निधन भएको पुष्टि गरेका हुन्। उनकाे गएराति बानेश्वरस्थित निवासमा निधन भएको हो।

‘प्रातःस्स्मरणीय बुबा परशु प्रधान यो लोक छाडेर परलोक जानुभएको दुःखद् सूचना पीडापूर्वक सम्प्रेषण गर्दै छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले बिहान ९ बजेसम्म राधामोहन मार्ग-२० मा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। आजै ९:३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ।’

विसं २००० साल माघमा भोजपुरमा जन्मिएका प्रधान सुरुमा शिक्षा र त्यसपछि लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा रहेर साहित्यमा सक्रिय थिए। 

उनका दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। सोह्र वर्षको उमेरमै ‘जीवन पथ’ नामक कविता कृतिबाट साहित्य लेखनमा लागेका प्रधानले त्यसपछि लगातार कथा तथा उपन्यास लेखिरहे। विसं २०२४ मा युवा अवस्थामै प्रकाशित उनको ‘सबै बिर्सिएका अनुहार’ उनको पहिलो चर्चित उपन्यास हो। उनका नौ कथा सङ्ग्रह, छवटा बालसाहित्य, चार उपन्यास र अन्य विविध विधाका कृति प्रकाशित छन्।

 

उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .