समाज


सगरमाथा क्षेत्रको भ्रमणमा गएका कोरियन नागरिकको भीरबाट लडेर मृत्यु

सगरमाथा क्षेत्रको भ्रमणमा गएका कोरियन नागरिकको भीरबाट लडेर मृत्यु

नेपालखबर
चैत २, २०८० शुक्रबार १२:५४, साेलुखुम्बु

सगरमाथा क्षेत्रको भ्रमणमा रहेका एक कोरियन नागरिकको भीरबाट लडेर मृत्यु भएको छ। ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार स्वाङको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर मृत्यु भएको हो। बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ। 

हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। 

मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .