ad ad

समाज


धनुको ९० प्रतिशत भाग्याङ्क, दोस्रोमा मीन, अन्यको कति? हेर्नुस् फागुन २३ को राशिफल

धनुको ९० प्रतिशत भाग्याङ्क, दोस्रोमा मीन, अन्यको कति? हेर्नुस् फागुन २३ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २३, २०८० बुधबार ४:५०, काठमाडौँ

आज बुधबार, २३ फागुन २०८० (६ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : गरेको कामको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुनुका साथै कृषि क्षेत्रमा गरेको लगानीले प्रतिफल देला। प्रेम र सम्बन्धको लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ८१, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यापन रुचि बढ्ला। छलकपट नगर्नु होला।

वृष : चिताएको कार्यमा सोचेजति सफल भइँदैन। कतैकतै झैझमेलाको अवस्था आउला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ३३, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्त होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

मिथुन : रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग रहेको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुटो नबोल्नु होला।

कर्कट : अध्ययन-अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी बस्तुको प्रयोगमा रमाउने योग छ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कम सुरु गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

सिंह : प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। लगनशीलताले काम अगाडि बढ्नेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्नु राम्रो हुनेछ तर सजिलै अरूको विश्वास भने नगर्नु होला।

कन्या : मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्नेछ। स्वास्थ्यमा समस्या आउला। गोप्य सूचना बाहिरिनाले चिन्ता बढाउनेछ। तर, साँझमा आफन्तको सहयोगले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। पूर्व दिशाको यात्रा फलदायी छैन।

तुला : प्रेम र मित्रताको बन्धन कसिने बेला छ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। पुँजी बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति मिल्नेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन।

वृश्चिक : रोकिएको कामले पूर्णता पाउनेछ। ऐतिहासिक स्थलको भ्रमण गर्ने अवसर मिल्ला। प्रेमी-प्रेमिकाबीच रमणीयस्थलको भ्रमण होला।

भाग्यशाली रङ्ग सेतो हो भने भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्नु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

धनु : करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। शुभ समाचार सुन्न पाइएला। प्रेमीको सहयोग प्राप्त हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।

भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ९० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझाव मानेर काम गर्दा बढी सफलता मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

मकर : चलाखीपूर्ण बोलीले कार्य सम्पादन सहज हुनेछ। यात्रा सहज र रमाइलो बन्ला। आफन्तबाट सहयोग मिल्नेछ। साँझमा प्रियजनको साथ मिल्दा मन प्रफुल्लित होला।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क २ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४१, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खानपानमा विचार पुर्‍याउनु होला।

कुम्भ : विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। आकस्मिक धनलाभ हुनसक्छ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै भगवान् शंकरजीको दर्शन गर्ने। हरियो रङ्गको प्रयोग नगर्ने।

मीन : गोपनीय ढङ्गले गरेको क्रियाकलापमा सफलता पाउनुहुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ देवता खुसी हुनेछन्। छलकपट चाहिँ नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .