भक्तपुरको चाँगुनारायणमा भएको ६० वर्षीया महिलाको हत्यामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ७ विद्युत तालिम केन्द्रनजिक छोरीको घरमा बस्दै आएकी सिन्धुपाल्चोकको बाँडेगाउँकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार कोठाभित्रै शव भेटिएको थियो।
उनी त्यहाँ आफ्नी छोरी सोनाम थापा मगरको १ तले पक्की घरमा बस्दै आएकी थिइन्। उनकाे घाँटीमा धारिलाे हतियारकाे चाेट थियाे।
उक्त घटनामा संलग्न आरोपमा प्रहरीले मोहम्मद नाैशादसहित चार जनालाई पक्राउ गरेको हो।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले आज (सोमबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ। अहिले केहीबेरमा सार्वजनिक गर्ने कार्यक्रम रहेकाे प्रहरीले जनाएकाे छ।
नाैशाद केही दिन अघिमात्र वैदेशिक रोजगारीबाट फर्किएका हुन्। सावित्रीले नै उनलाई आर्थिक सहयोग गरी विदेश पठाएकी थिइन्।

प्रतिक्रिया