नाबालिग बलात्कारका आरोपी हिमाल शाहीलाई उच्च अदालत पाटनले थुनामै राख्न आदेश दिएको छ।
धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेश उच्चले बदर गर्दै प्रतिवादीलाई थुनामै राख्ने आदेश दिएको हो।
शाहीलाई काठमाडौँ जिल्ला अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र प्रकाश खरेलको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेको हो।
शाही हाल फरार छन्।
849
Shares

प्रतिक्रिया