ad ad

समाज


संसद् भवनमा लघुवित्त पीडित छिरेपछि सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको सोधपुछ

संसद् भवनमा लघुवित्त पीडित छिरेपछि सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको सोधपुछ

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १९:३४, काठमाडौँ

संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयलाई लिएर उपप्रधान तथा गृहमन्त्री दुवै प्रहरी प्रमुखदेखि काठमाडौंका सुरक्षा अधिकारीलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका छन्।

उक्त घटना छानबिन नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरले तीन सदस्यीय छानबिन समिति बनाएलगत्तै श्रेष्ठले सुरक्षा अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर छलफल थालेका हुन्। 

गृहमन्त्रीले नेपाल प्रहरीका महानरीक्षक कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतलाई छलफलमा बोलाएका हुन्। 

उनीहरूलाई मन्त्री श्रेष्ठले संसद् भवन परिसरमा लघुवित्त पीडित छिरेको प्रकरणमा गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरिरहेका छन्। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार भएको उक्त घटना छानबिनका लागि तीन सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिएका हुन्।  

उनका अनुसार एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

लघुवित्त पीडितहरू संसद्‍मा छिरेपछि त्यहाँ तैनाथ भएका टोली पनि परिवर्तन गरिएको जानकारी कुँवरले सभामुख देवराज घिमिरेलाई दिइसकेका छन्। 

संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले आईजीपी कुँवरसँग गम्भीर चासो लिएका थिए।

घिमिरेले संसद् भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको पनि आईजीपी कुवँरसँग बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .