ad ad

समाज


नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा अधिकारीसहित पाँच दिने पैदल यात्रा

नेपाल-भारत सीमाक्षेत्रमा सुरक्षा अधिकारीसहित पाँच दिने पैदल यात्रा

तस्बिर : सशस्त्र प्रहरी


नेपालखबर
फागुन १४, २०८० सोमबार १५:१७, काठमाडौँ

सुनसरीस्थित नेपाल-भारत सीमाक्षेत्रमा पाँच दिने पैदल यात्रा थालिएको छ। जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल-भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ५ दिने सीमा पैदल यात्रा तथा अन्तक्रिया यही आइतबारबाट थालिएको हो। 

भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमन थालिएको हो। अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिँदैछ।

सीमा पैदल यात्राका क्रममा पहिलो दिन सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्ज र दोस्रो दिन सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीमा अन्तरक्रिया गरिएको छ।

त्यस अन्तरक्रियामा सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दलक स्थानीय नेतासहित उपस्थित रहेका सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टरका गणपति समेनन्द बज्राचार्यले बताए। 

आइतबार भएको अन्तरक्रिया कार्यक्रममा सुनसरी क्षेत्र नं. ४ का प्रदेश सांसद इस्राइल मन्सुरी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल उपस्थित थिए।

त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, सीमास्थित सशस्त्र प्रहरी बलका अधिकारी, नेपाल प्रहरीका युनिटका प्रमुखहरू, स्थानीयबासी, बुद्धिजीवी, समाजसेवीहरू र पत्रकारसहित उपस्थित थिए। 

अन्तक्रियामा सीमाक्षेत्र दशगजा, सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्या र जनसरोकारका विषयमा पनि छलफल भएको छ। उक्त अन्तर्किया कार्यक्रमको व्यवस्थापन सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टरका गणपति समेनन्द बज्राचार्यले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .