ad ad

समाज


बेलायत पठाइदिने बहनामा ७६ लाख ठगी आरोपमा एकजना पक्राउ

बेलायत पठाइदिने बहनामा ७६ लाख ठगी आरोपमा एकजना पक्राउ

नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:१४, काठमाडौँ

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका ९ घर भई हाल काठमाडौंको बागबजार बस्ने वर्ष ३६ को पाण्डप भन्ने युद्धबहादुर केसी रहेका छन्।

केसीले सारदा सुवेदीसमेत ३ जनालाई वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति २६ लाख रुपैयाँ लाग्छ, युके पुगेपछि केयर गिभर काम लगाइदिन्छु, मासिक १० लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको आरोप छ।

पीडितहरूबाट पटक पटक गरी ७६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन ९ गते बागबजारबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .