समाज


एक वर्षमा ४ सय ५९ विदेशी नेपालबाट निकालिए

एक वर्षमा ४ सय ५९ विदेशी नेपालबाट निकालिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १२:४, काठमाडौँ

नेपालले सन् २०२३ मा विभिन्न कारणबाट ४ सय ५९ विदेशी नागरिकलाई निष्कासन गरेको छ।

राज्य व्यवस्था समितिको बैठकमा अध्यागमनसम्बन्धी छलफलका लागि वितरित सामग्रीमा यो तथ्यांक प्रस्तुत गरिएको छ।  

अघिल्लो वर्ष नेपालबाट निष्काशनमा पर्ने विदेशी नागरिक ५ सय ७० जना थिए।

निष्कासित भएकामध्ये भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरूको संख्या बढी रहेको छ। सन् २०१७ मा निष्काशित हुने विदेशीको संख्या ५ सय ५९ थियो भने २०१८ मा ६ सय ७८ थियो। 

यस्तै, २०१९ मा ६ सय ७१ जना, २०२० मा ३ सय ३२ जना र २०२१ मा ३०८ जना निष्कासनमा परेका थिए।

समितिको बैठक सिंहदबारमा चलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad