समाज


बेलायती गोर्खा ब्रिगेडको प्रतिवेदन राष्ट्रपति पौडेललाई

बेलायती गोर्खा ब्रिगेडको प्रतिवेदन राष्ट्रपति पौडेललाई

नेपालखबर
माघ १२, २०८० शुक्रबार १२:४६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ। 

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताउँदै यसमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएको सचिवालयले जनाएको छ। 

उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिस गोर्खाका गुनासाहरू सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सद्भावबाट चाँडै टुंगोमा पुर्‍याउने विश्वास जनाए। 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए।

वार्डलोले प्रतिवेदन पेश गर्दै गोरखाली सेनाको व्यवसायिकता, समर्पण र क्षामतालाई बेलायतले मात्र संसारले सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरू यो संसार जबसम्म रहनेछन् तबसम्म संघीय लोकतान्त्रि गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरीरहने विश्वास जनाए। 

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा ब्रिग्रेड अफ गोर्खाजले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तराष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख गरिएको छ। 

त्यस अवसरमा बेलायती राजदूत रोब फेनको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .