ललितपुरको इमाडोलमा एक महिला इनारमा खस्नपुगेकी छिन्।
ललितपुर प्रहरीका अनुसार अहिले उनको उद्धारको पहल भइरहेको छ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले वर्ष २८ की न्युटन प्रधान इनारमा खसेको नेपालखबरलाई जानकारी दिए।
उनी दोलखाको भएको र भाडामा बस्ने गरेको एसपी कार्कीले बताए।
कपडा धोएर सुकाउन जाने क्रममा उनी इनारमा खसेकी हुन्। प्रहरीका अनुसार इनारको स्ल्याब भाँच्चिएपछि खस्न पुगेकी हुन्।
नेपाल प्रहरीको विपद् उद्धार टोलीले अहिले उनको उद्धारको प्रयास गरिरहेको छ।
165
Shares
प्रतिक्रिया