मधेश प्रदेशस्तरीय नमुना संयुक्त राष्ट्रसंघ सम्मेलनको तेस्रो संस्करण वीरगन्जमा सम्पन्न गरिएको छ।
वैचारिक युवा समाज र अमेरिकी दूतावासको सहकार्यमा यही पुस २० देखि २२ गतेसम्म सम्मेलन आयोजना गरिएको हो।
१८ देखि ३० वर्षसम्मका ४९ जना युवाको सहभागिता रहेको सम्मेलनमा दुई भिन्न तर महत्त्वपूर्ण अन्तराष्ट्रिय समस्याका विषयमा बहस गरिएको थियो। कार्यक्रममा बाल र जबर्जस्ती विवाहसम्बन्धी सामाजिक–सांस्कृतिक र विधायी मुद्दामा छलफल भएको थियो।
यसैगरी गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने विषयमा पनि छलफल गरिएको आयोजकले जनाएको छ।
सम्मेलनले मधेश प्रदेशको शैक्षिक स्तरोन्नति र युवा जागरणमा सकारात्मक प्रभाव पार्ने आयोजक समितिको भनाइ छ। अब यस्तो सम्मेलन कर्णालीमा गरिने आयोजकले जनाएको छ।
3
Shares
प्रतिक्रिया