ad ad

समाज


सर्बिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

सर्बिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

नेपालखबर
पुस २४, २०८० मंगलबार २१:२८, काठमाडौँ

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने बहानामा ठगी आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुर च्यासल बस्ने वर्ष ४२ को विकास कुमार घले र संजय लामा रहेका छन्।

उनीहरूसमेतले टोकियो ओभरसिस दर्ता गरी उक्त ओभरसिसबाट विदेश पठाउने प्रलोभन दिने गरेका पाइएको छ।

सरिता घलान समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्छ, सर्बिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ  तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।

पीडितहरुबाट पटकपटक गरी १३ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विकास र सञ्जयलाई पक्राउ गरेको हो।

विकासलाई पुस २३ गते महावौद्धबाट र सञ्जयलाई २२ गते सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .