ad ad

समाज


बरहथवामा प्रहरीको गोलीले मृत्यु भएका जयशंकरको शवयात्रा सुरु

बरहथवामा प्रहरीको गोलीले मृत्यु भएका जयशंकरको शवयात्रा सुरु

नेपालखबर
पुस २३, २०८० सोमबार १०:४७, काठमाडौँ

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवा जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदैछ। 

अन्तिम संस्कारको लागि केहीबेरअघि (सोमबार बिहान)बाट बरहथवामा साहको शवयात्रा सुरु भएको बरहथवा नगरपालिका- ६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले जानकारी दिए। 

स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएपछि आफन्त र आन्दोलनरत पक्षले गएराति साहको शव घटनास्थलबाट उठाएका थिए।

राति नै मलंगवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि साहको शव परिवारजनले बुझेर बरहथवा- ६ स्थित घर लगेका थिए। 

गएको शुक्रबार दिउँसो स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर बरहथवा ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। 

साहको केहीबेरपछि बरहथवा १ स्थित बागमती नदी किनारमा अन्तिम संस्कार गर्ने तयारी छ। उनको शवयात्रामा सयौँ स्थानीय सहभागी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .