काठमाडौँ मेडिकल कलेज (केएमसी)ले स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा. विशद दाहाललाई गरिएको एक महिने निलम्बन फिर्ता लिन मेडिकल कलेज तथा प्रतिष्ठानमा अध्ययनरत आवासीय चिकित्सकहरूले माग गरेका छन्।
संयुक्त विज्ञप्ति निकालेर निलम्बनको भत्सर्ना गर्दै तत्काल निलम्बन फुकुवा गर्न कलेज प्रशासन समक्ष माग गरेका छन्।
आफ्ना मागलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिए देशैभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
विकृतिविरुद्ध आवाज उठाइरहेका आवासीय चिकित्सक दाहाललाई गरिएको एक महिना लामो निलम्बनको भत्सर्ना गर्दै तत्काल फुकुवा गर्न कलेज प्रशासनसमक्ष उनीहरूले माग गरेका छन्।
'हाम्रा मागहरूलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिएमा देशैभरिका आवासीय चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छौं', उनीहरूले भनेका छन्, 'त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनेछ।'
निलम्बनमा परेका दाहालले केएमसीको मपनरीबारे प्रश्न उठाउँदै आएका थिए। गत वर्षदेखि नै कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरहरूमा बढी खटाउन थालेकोबारे कुरा उनले उठाएका थिए।
सुरूमा काठमाडौंभित्रका शिविरहरूमा लगेपछि विस्तारै बाहिरी जिल्लाहरूमा पनि चिकित्सकलाई खटाउने गरिएको थियो। उनले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि कलेजले प्रयोग गरे श्रम शोषण गरेको बताएपछि निलम्बन गरिएको थियो।

Shares

प्रतिक्रिया