ad ad

समाज


सर्लाहीमा नबिल बैंकका शाखा प्रबन्धकलाई ‘हर्टअट्याक’

सर्लाहीमा नबिल बैंकका शाखा प्रबन्धकलाई ‘हर्टअट्याक’

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १०:४८, सर्लाही

सर्लाहीको कौडेनामा रहेको नबिल बैँकका शाखा प्रवन्धकलाई हृदयाघात ‘हर्टअट्याक’ भएको छ। 

कौडेना बजारस्थित नबिल बैँकको शाखा कार्यालयका प्रमुख (प्रवन्धक) धिरज चौरसियालाई हृदयाघात भएपछि हेलिकप्टरमार्फत् बुधबार दिउँसो काठमाडौँ लगिएको छ। 

चौरसियालाई डेरामा रहेकै बेला हृदयाघात भएको हो। हृदयाघात भएपछि उनलाई सुरुमा सदरमुकाम मलंगवास्थित ओम क्लिनिकमा लगिएको थियो। 

त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत् बुधबार दिउँसो उनलाई ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .