समाज


यी हुन् चीनको हुबेईबाट स्वदेश फर्कन चाहने १८० नेपाली

यी हुन् चीनको हुबेईबाट स्वदेश फर्कन चाहने १८० नेपाली

नेपालखबर
माघ १९, २०७६ आइतबार १२:५४,

 सरकारले चीनको हुबेईमा रहेका नेपालीहरुलाई उद्धार गर्ने बताएपछि १८० जना नेपालीले स्वदेश फर्कने ईच्छा व्यक्त गरेका छन्।

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबार बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका स्वदेश फर्कन चाहने नेपालीका लागि फारम भर्न आग्रह गरेको थियो। दूतावासले एव विज्ञप्ति नै प्रकाशित गरेर फारम भर्न आग्रह गरेको थियो भने हुबेईमा रहेका नेपालीहरुलाई विच्याटमार्फत म्यासेज समेत पठाएको थियो।

 दूतावासको आग्रह बमोजिम आइतबार बिहान ९ बजेसम्म चीनको हुबेई प्रान्तका विभिन्न सहरमा रहेका १८० नेपालीले स्वदेश फर्कनका लागि फारम भरेका हुन्।

आइतबार साँझ दूतावासले १८० जनाले स्वदेश फर्कने चाहना राखेको बताएको छ।

दूतावासले कोरोना भाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेई प्रान्तका विभिन्न सहरमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरुले यस दूतावासमा पेश गरेको आवेदन सार्वजनिक गर्दै सो सूचीमा आफ्नो नाम रहे–नरहेको यकिन गर्न एवम् नरहेको भए व्यक्तिगत विवरण सहित् दूतावासको इमेल ठेगाना [email protected] मा इमेल पठाउन सम्बन्धित सबैमा आग्रह समेत गरेको छ।

नेपालीलाई ल्याउन प्लेन चार्टर्ड गर्नको तयारी भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने दूतावासले जनाएको छ।

 यहाँ हेर्नुहोस् हुबेईबाट स्वदेश फर्कन चाहनेको नामावली

विश्वका अन्य मूलुकका नागरिकहरुलाई सम्बन्धित देशले फर्काउन थालेपछि नेपालले पनि आफ्ना नागरिक फर्काउने अभियान सुरु गरेको हो। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली नागरिकको सुरक्षाका लागि चीन सरकारसँग कुरा भइरहेको जनाउँदै ढुक्क हुन आग्रह गरेका थिए। सरकारले नेपाली विद्यार्थी र त्यहाँ रहेका अन्य आफ्ना नागरिहहरु फर्काउनका लागि दुई वटा विमान तयारी अवस्थामा राखेको उनको भनाइ थियो।

सम्बन्धित समाचार : चीनको हुबेईका नेपालीलाई फर्काउन विमान चार्टर्ड गर्ने तयारी, फर्कनका लागि फारम भर्न सूचना

चीनबाट नेपालीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री भट्टराई

चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी गर्छाैं, ढुक्क हुनुस् : चिनियाँ दूतावास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad