समाज


महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा पक्राउ

महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा पक्राउ

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार २१:२४, काठमाडौँ

पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचविखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई पक्राउ गरेको हो।

उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले आज सार्वजनिक गरेको छ।

अनुसन्धानका क्रममा उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको र यसरी लैजाँदा ग्रामीण इलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलालाई लक्षित गर्ने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

उनले ती महिलाले भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित दुई युवतीलाई बेचविखन गरेको खुल्न आएको बताए। 

उनीहरूलाई भने यसअघि नै प्रहरीले उद्धार गरेर नेपाल ल्याइसकेको छ। मल्लकै संलग्नतामा पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा यौन गतिविधिका लागि पठाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ।  

पीडित भागेर हिँड्दासमेत पुनःपिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad