भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनको मंगलबार गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) भएको छ।
उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।
प्रतिभा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। मंगलबार भएको टीकाटालोमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए।
प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्। रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका एक छोरी र छोरा छन्।
रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो।
13.5k
Shares
प्रतिक्रिया