ad ad

समाज


शान्तिपूर्ण संवादबाट समाधान खोज्न नागरिक संस्थाहरूको आग्रह

शान्तिपूर्ण संवादबाट समाधान खोज्न नागरिक संस्थाहरूको आग्रह

नेपालखबर
मंसिर ६, २०८० बुधबार २२:२३, काठमाडौँ

विभिन्न नागरिक संस्थाहरूको एक भेलाले शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

नेपाल संवाद पहलको आयोजनामा काठमाडौँमा सम्पन्न दुई दिने ‘नेपाल संवाद महासम्मेलन–२०२३’ले शान्ति र संवाद संस्कृतिका पक्षमा ५ बुँदे घोषणापत्र जारी गर्दै यस्तो आग्रह गरेको हो।

सम्मेलनमा विभिन्न ३६ वटा नागरिक संस्था, नेपाल सरकार तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूका प्रतिनिधि सहभागी थिए। 
घोषणापत्रका बुँदाहरू यसप्रकार छन्–

१. नेपालको शान्ति प्रक्रिया अझैं टुंगोमा पुगेको छैन । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सम्बद्ध सबै सरोकारवाला, सरकार र राजनीतिक दलहरूलाई संवादका माध्यमबाट निष्कर्षमा पुर्याउन हार्दिक अपिल गर्दछौं ।

२. अहिंसात्मक सामाजिक रूपान्तरण र जीवन्त शान्तिका लागि हामीले संवाद संस्कृतिको विकास तथा प्रवद्र्धन गर्न आवश्यक छ । संवाद संस्कृति निर्माणका लागि हाम्रा सामाजिक समस्या, तिनले उत्पन्न गरेका द्वन्द्वहरुमा नियमित संवाद गर्ने साझा थलोको निर्माण गर्न, साझा समझदारी बनाउन, र हामीले विभाजित गर्ने होइन जोड्ने कुराकानीलाई प्रवर्धन गर्ने वातावरण बनाउन सबैलाई आह्वान गर्दछौं । 

३. संघीय, प्रादेशिक र स्थानीय तहमा हुने द्वन्द्व समाधान र राजनीतिक, सामाजिक समस्याहरुको समाधानका लागि सामुहिक प्रयत्न गर्नका लागि राज्य संरचना भित्र संवादको संयन्त्र आवश्यक भएकोले राष्ट्रिय स्तरमा संवाद परिषद र प्रत्येक तहमा परिषदका संरचनाहरु बनाई संवादलाई संस्कृतिको रुपमा विकास गर्न सवै सरोकारवालाहरुलाई आव्हान गर्दछौं ।

४. हामीमा विविधता छन् । विविधता हाम्रो विशिष्टता हो । हाम्रो लागि विविधता एक सम्पत्ती हो । विविधतामा एकता मात्र खोज्दैनौं, हामी विविधता नै एकता हो भन्ने मान्यतामा विश्वास गछौं, विविधताका विच सहिष्णुता भन्दा पनि विविधतालाई उत्सवको रुपमा मनाउंछौं । सवैका संस्कार, संस्कृति र आवाजहरु उत्तिकै महत्वपुर्ण छन्, चाहे उनीहरु सानो संख्यामा हुन्, शक्तिहिन् हुन् वा बहुमत हुन् वा शक्तिशाली । विविधताका विच दिगो शान्तिका लागि निरन्तर संवादको संस्कृति निर्माण गरौं । संवादको संस्कृति निर्माण गर्न, गतिशिल र जीवन्त शान्ति सहितको समाज स्थापना गर्न सवै सरोकारवालाहरुको पहलका लागि आव्हान गर्दछौं ।

५. युनेस्कोले गरेको अध्ययनअनुसार न्यून अन्तर—सांस्कृतिक संवाद भएका मुलुकहरुमा द्वन्द्व, र गरिबीको अवस्था बढी हुने देखिएकोले अन्तर—सांस्कृतिक संवादलाई नियमित सामाजिक प्रक्रियाको रुपमा लैजाने र संघन संवादका लागि साझा मंच निर्माणको प्रयत्न गर्न हामी सवै सरोकारवालाहरुको ध्यान आकृष्ट गराउन चाहन्छौं । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .