गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षद्वय जीवा लामिछाने र कुमार पन्तले कर्णालीका भूकम्प प्रभावितका लागि २० लाख रूपैयाँबराबरको सहयोग घोषणा गरेका छन्।
लामिछाने र पन्तले आफू सञ्चालक रहेको ट्रिप इन होटल समूह, जर्मनीका तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन्।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
66
Shares

प्रतिक्रिया