ad ad

समाज


गैरआवासीय नेपालीले पाउँदैछन् आजदेखि नागरिकता

गैरआवासीय नेपालीले पाउँदैछन् आजदेखि नागरिकता

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८० मंगलबार ८:५३, काठमाडौँ

सरकारले आज (मंगलबार) देखि गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकताको प्रमाणपत्र दिँदै छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई आज बिहान पहिलो गैरआवासीय नेपाली नागरिकता दिएर यो कार्यको थालनी गर्न लागेका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई नागरिकता दिएर यसको शुभारम्भ गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

अध्यक्ष आचार्यसँगै एनआरएनएका पदाधिकारीलाई पनि प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्यक्रम छ। 

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ। नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिनुपर्ने छ।

गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो। संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

विगतमा नेपाली नागरिकता लिएको गैर आवासिय नेपाली भए पहिलाको नागरिकता त्याग गरेको प्रमाण आवश्यक पर्ने व्यस्था ऐनमा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .