ad ad

समाज


वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा

वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा

नेपालखबर
माघ १४, २०७६ मंगलबार १४:४८,

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वागेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दंगाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक आज बिहान ८ः३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं को टिपरले किचेर भएको मृत्यु भएपछि उत्तेजित भिडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दंगाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार दंगाग्रस्त क्षेत्र घोषणा भोलि बिहान ६ बजेसम्म जारी गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .