समाज


अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा

अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८० बुधबार १४:२९, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा शारिरीक रूपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा गर्ने व्यवस्था गरिएको छ।

सोअन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक वामदेव पण्डित (शर्मा) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो। 

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवस्रोत विभागअन्तर्गत रहने छन्।

एकपटकका लागि मात्र एक तह पदोन्नति दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुनेगरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन्। 

सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात् सो व्यवस्था लागू भएको हो।

साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअन्तर्गत क्रमशः सम्बोधन गरिँदै लैजाने योजना संगठनको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad