लेखक शिव प्रकाशले आफ्नो उपन्यास ‘समभोक’को बिक्रीबाट प्राप्त भएको दुई लाख रुपैयाँ दुई सामाजिक संस्थालाई प्रदान गर्ने भएका छन्।
मोरङ घर भइ हाल अमेरिका बस्दै आएका उनले चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था ‘सानो घर’ र काठमाडौंस्थित ‘रक्षा नेपाल’लाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
यसअघि लेखक शिव प्रकाशले महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई दुई लाख ५७ हजार सहयोग गरेका थिए। उक्त रकम घागी कथा संग्रह बिक्रीबाट प्राप्त भएको थियो।
लेखकका समभोगबाहेक दुई हास्यव्यंग्य कविता संग्रह, दुई कथा संग्रह, केही हास्यव्यंग्य निबन्ध प्रकाशित छन्।
72
Shares
प्रतिक्रिया