ad ad

समाज


सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

नेपालखबर
असोज १२, २०८० शुक्रबार १३:२२, नवलपरासी

नवलपरासीको सुनवलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा नवलपरासीको रामग्राम नगरपालिका- १४ पर्सावलका ३० वर्षीय हेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनवल नगरपालिका- ४ स्थित सडकममा लु.३९प ३५५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। उनी सोही मोटरसाइकलको पछाडि सबार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .