समाज


पूर्वसभामुख ढुंगानाको प्रश्न : राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्न : राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:४७, काठमाडौँ

पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बिपीको विचारबाट फालिएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

२०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताउँदै उनले बीपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए। 

‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ। राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो? त्यो संविधानले सक्दैन थियो। राजासँग हामी लडेका थिएनौँ?,’ उनले भने, ‘बीपी कोइरालाको विचार हेर्नुस् त। उहाँले राजालाई संविधान सभा भित्र बस्छौ की बस्दैनौ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो। बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो।’

उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए। उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो ग¥यौं भन्ने ठाउँ नरहेको पनि बताए। 

‘यो माओवादीले फालेको हो र? बीपीको विचारले फालेको हो। बीपी फालिहाल्नेमा हुनुहुन्न थियो। संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ। होइन भने फाल्छौँ भन्नुभएको थियो। त्यसकारण यो माओवादीले फालेको होइन। फालेर राम्रो ग¥यो त? त्यो पो चाहिएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .