समाज


गणतन्त्र दिवसको दिन भारतको आसाममा चार वटा बिस्फोट

गणतन्त्र दिवसको दिन भारतको आसाममा चार वटा बिस्फोट

नेपालखबर
माघ १२, २०७६ आइतबार ८:३७,

यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन्।

डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन्। अर्को बिस्फोट डुलियाजानमा भएको थियो।

चराइदेओ जिल्लाको टिओक घाट नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ।

राज्यका वरिष्ठ प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ। उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ। रासस/पीटीआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad