ad ad

समाज


महाराजगञ्ज क्षेत्रमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

‘सीसीटीभी फुटेजमा केटाकेटीले ल्याएर झोला फालेको देखियो’
महाराजगञ्ज क्षेत्रमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

नेपालखबर
असोज २, २०८० मंगलबार २०:४६, काठमाडौँ

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै शंकास्पद देखिने एउटा झोला देखिएपछि सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको हो। 

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उक्त वस्तु ‘होक्स’ रहेको जानकारी दिए। ‘नेपाली सेनाको बम डिस्पोजल टोली गएर बेलुका डिस्पोज गर्ने क्रममा उक्त वस्तु ‘होक्स’ रहेछ,’ उनले नेपालखबरसँग भने।

होक्स भन्नाले छल वा ठगी भन्ने बुझिन्छ।

शंकास्पद वस्तु देखिएपछि प्रहरीले त्यस क्षेत्रको सीसीटीभी फुटेज पनि मगाएर हेरेको थियो। त्यस क्रममा उक्त वस्तु केटाकेटीले खेलाउँदै ल्याएर छाडेको वस्तु देखिएको बताइएको छ।

शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा सेनाले त्यसलाई पड्काएको थियो। 

‘डिस्पोज गर्दा पड्काएर गर्नुपर्ने हुन्छ। त्यो चिजलाई ध्वस्त बनाउनका लागि पड्काउने प्रक्रिया अन्य केसमा पनि त्यही नै हो,’ प्रवक्ता भण्डारीले भने। 

सो क्षेत्रमा शंकास्पद वस्तु भेटिएपछि निकैबेर सडक जाम समेत भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .