ad ad

समाज


न्यून चापीय रेखा दक्षिण सर्‍यो, ३ दिनलाई छैन भारी वर्षाको सम्भावना

न्यून चापीय रेखा दक्षिण सर्‍यो, ३ दिनलाई छैन भारी वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असोज २, २०८० मंगलबार ७:३५, काठमाडौँ

आज (मंगलबार) देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यसो त अहिले बिहान पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। 

मौसम महाशाखाका मौसमविद् गोवन्द झाका अनुसार यतिबेला गण्डकी प्रदेशभरि र बाँकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने तराईमा मौसम सामान्यतया सफा छ। ‘पछिल्लो एक घण्टामा कतै पानी परेको छैन’, उनले भने। 

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा   मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै राति देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका  बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यकाको मौसम
मौसमविद् गोविन्द झाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकाको मौसम आंशिक बदली छ।

‘आंशिक बदलीको अर्थ घाम पनि लागिरहेको छ भने कतै कतै बादल पनि छ’, उनले भने, ‘यहाँको तापक्रम अहिले २१ डिग्री सेल्सियस छ।’ 

मौसमविद् झाका अनुसार उपत्यकामा अपराह्नतिर वा साँझपख हल्का वर्षा हुने सम्भावना छ। 

तीन दिनलाई छैन भारी वर्षाको सम्भावना
मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (पानी पार्ने मौसमी प्रणाली) सरदर    स्थानभन्दा    दक्षिणतिर छ। 

‘यसो हुनु भनेको भारततिर बढी पानी पर्नु र यता नेपालतिर पानी कम पर्ने अवस्था हुनु हो’, मौसमविद् झाले भने, ‘अहिलेसम्मको अनुमानमा आगामी ३ दिनसम्म नेपालमा भारी वर्षाको सम्भावना छैन।’

तर हल्कादेखि मध्यमसम्मको वर्षा भने हुने सम्भावना छ। 

उनले थपे, ‘हामी दैनिक मौसम अपडेट गर्छाैं। अहिलेसम्मको अनुमानले ३ दिनलाई भारी वर्षाको सम्भावना नरहेको देखाएको छ भने भोलि वा पर्सितिर अवस्था फरक पनि हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .