ad ad

समाज


नेपालखबरको सम्पादकमा रावल

नेपालखबरको सम्पादकमा रावल

नेपालखबर
असोज १, २०८० सोमबार १३:०, काठमाडौँ

नेपालखबर डटकमको सम्पादकमा रामबहादुर रावल नियुक्त भएका छन्।

नेपालखबर प्रालिको त्रिपुरेश्वरस्थित कार्यालयमा एक कार्यक्रमबीच रावललाई सोमबार प्रधान सम्पादक पूर्ण बस्नेतले स्वागत गरेका छन्। 

रावलले आज (सोमबार) देखि नेपालखबरको सम्पादकको कार्यभार सम्हालेका छन्। 

सम्पादक रावललाई स्वागत गर्दै प्रधानसम्पादक बस्नेतले यो निर्णयले नेपालखबरलाई थप उचाइमा पुर्‍याउने बताएका छन्। 

‘रामजीलाई नेपालखबरमा स्वागत गर्न पाउँदा खुसी लागेको छ’, बस्नेतले भने, ‘उहाँ जस्तो अनुभवी युवा पत्रकारको नेतृत्वमा नेपालखबरले नयाँ उचाइ लिने विश्वास लिएको छु।’

सम्पादकको जिम्मेवारी सम्हालेपछि रावलले सामूहिक भावनाका साथ नेपालखबरलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। 

‘नेपालखबरको न्युज रुमलाई हामी सामूहिक भावनाका साथ अघि बढाउने छौँ’, रावलले सम्पादकको जिम्मेवारी सम्हाल्दै भने, ‘अहिलेको प्रतिस्पर्धात्मक समयमा हरेक क्षण हामीले आफूलाई अब्बल प्रमाणित गर्नुपर्नेछ।’ 

बाजुरामा जन्मिएका रावलसँग विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय उनी ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए।

उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम लगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर रावलले कानुनमा स्नातक पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .