नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि चीन भ्रमण छोट्याएर महासचिव शंकर पोखरेलको टोली आजै नेपाल फर्किने भएको छ।
बेइजिङमा राजनीति भेटघाटमा रहेको टोलीका सबै सदस्यलाई हवाई टिकट व्यवस्थापन गरेर आजै फर्किने तयारी भएको एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिए।
हवाई टिकट पाएको अवस्थामा भ्रमण दलका सबै सदस्य पनि फर्किने निर्णय भएको एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले जानकारी दिए।
सोमबार मात्रै बेइजिङमा पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरूसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए।
138
Shares
प्रतिक्रिया