ad ad

समाज


पर्वतारोही शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान

पर्वतारोही शेर्पालाई ‘अचिभमेन्ट अवार्ड २०८०’ प्रदान

नेपालखबर
भदौ १९, २०८० मंगलबार २१:२९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको पीपी प्रसाईं लाइफटाइम ‘अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज पीपी प्रसाईं फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले सो अवार्ड प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

यसैगरी सोही अवसरमा राष्ट्रपति पौडेलले फाउन्डेशनले सामुदायिक विद्यालयतर्फ दिँदै आएको उत्कृष्ट शिक्षक पुरस्कार पनि प्रदान गरे।

जसअन्तर्गत कोशी प्रदेशबाट फिक्कलका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट कमला राई काठमाडौँ, गण्डकी प्रदेशबाट टुकादेवी आचार्य कास्की, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद बस्याल पाल्पा, कर्णाली प्रदेशबाट जयबहादुर बस्नेत डोल्पा र सुदूरपश्चिम  प्रदेशबाट जीतबहादुर चौधरी छन्।    

उत्कृष्ट शिक्षक पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ भने विद्यालयलाई दश हजार बराबरको शैक्षिक सामग्री रहेको छ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शिखर प्रसाईं, सचिव दिलभूषण पाठक, पुरस्कृत शिक्षक कमला राई र जयबहादुर बस्नेत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .