दार्चुलाको मालिकार्जुनमा एक वृद्धाको हत्या भएको छ।
धारिलो हतियार प्रहार गरी मालिकार्जुन गाउँपालिका-७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेका अनुसार सोमाबर वृद्धा घर नजिकै बारीमा मृत अवस्थामा भेटिएकी हुन्।
उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। चन्द घरमा एक्लै बस्दै आएकी थिइन्।
उनको हत्यामा संलग्नको पहिचान भएको छैन। घटनाको अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए।
18
Shares

प्रतिक्रिया