ad ad

समाज


बागमती प्रदेशका सवारी साधनको भाडा बढ्यो, उपत्यका भित्र र बाहिर कति?

बागमती प्रदेशका सवारी साधनको भाडा बढ्यो, उपत्यका भित्र र बाहिर कति?

नेपालखबर
भदौ ८, २०८० शुक्रबार २१:१२, काठमाडौँ

पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ।

आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर आठ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताइएको छ।

काठमाडौंउपत्यकाबाहिरको हकमा अर्थात् उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ। जसअनुसार अब काठमाडौं उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर रु एकले बढेर रु १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ।

त्यसैगरी उपत्यकामा १० किमीसम्मको लागि रु २६, १५ किमीसम्मको रु ३१, २० किमीसम्मको रु ३५ र २० किमीभन्दा माथिका लागि रु ४० भाडादर कायम गरिएको छ। 

मन्त्रालयको सूचनामा काठमाडौं उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ।

यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको सूचनामा जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .