ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण सडक अवरुद्ध भएको छ।
बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए।
सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी साधन ओखलढुंगाको मिलनचोक र रमाइलोडाँडा क्षेत्रमा रोकिएका छन्।
निरन्तरको वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ। वर्षा र बाढी पहिरोले ओखलढुंगाका अधिकांश सडक अवरुद्ध छन्। रासस
15
Shares
प्रतिक्रिया