ad ad

समाज


मुगु जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

मुगु जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:२, काठमाडौँ

नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

मुगु जिल्लाको सोरुकोटबाट गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप सोमबार दिउँसो सोरु गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी चार जना सख्त घाइते भएका छन्।

कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .