ad ad

समाज


आफ्नै भतिजद्वारा कुवेतमा बेचिएकी सिन्धुपाल्चोककी महिलालाई काठमाडौं ल्याइयो

आफ्नै भतिजद्वारा कुवेतमा बेचिएकी सिन्धुपाल्चोककी महिलालाई काठमाडौं ल्याइयो

नेपालखबर
साउन २६, २०८० शुक्रबार २०:४८, काठमाडौँ

कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ।  युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीया महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो। 

पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहानले आकर्षक तलबको प्रलोभन देखाई गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पुर्‍याएका थिए। पीडित महिलाले आफूलाई ‘ब्युटिसियनसँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गरिन्। 

‘घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ’, पीडित महिलाले भनिन्, ‘त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाई घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो।’

पीडित महिलाले केही समयपछि मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्धार गर्न भन्दै अनुरोध गरेकी थिइन्। ‘पीडितसँग सम्पर्कमा आएपछि उद्धारको प्रक्रिया सुरु गरेका थियौँ, उहाँलाई कुवेत पठाउने व्यक्तिसँग सम्पर्क गरी प्रमाण जुटाई प्रक्रिया गएपछि उहाँको उद्धार भएको हो’, सफलले भने। 

सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्युरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानुनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्धारका लागि पहल नगरेको उनको भनाइ छ। उद्धार गरिएकी महिलालाई स्वदेश फर्किन उनकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .