समाज


नेपालले हङकङसँग माग्यो सय किलो सुन तस्करीबारे जानकारी

नेपालले हङकङसँग माग्यो सय किलो सुन तस्करीबारे जानकारी

नेपालखबर
साउन १४, २०८० आइतबार २३:२६, काठमाडौँ

नेपालले सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ। 

भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो।

साउन २ मा मोटरसाइलको ब्रेक सुमा राखेर ल्याइएको सय किलो सुन बरामद भएपछि तस्करीको खुलासा भएको थियो। तस्करीमा भन्सार विभागका कर्मचारी पनि संलग्न रहेको पाइएको छ।

‘हामीले हङकङको भन्सार विभागसँग सुन बरामदको घटनापछि ती व्यक्तिहरुले निर्यात गरेका छन् कि छैनन् भनेर विस्तृत जानकारी मागेका छौँ,’ विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भनेका छन्।

नेपालमा वाणिज्य बैंकहरुले बाहेक अरुले सुन भित्र्याउन पाउँदैनन्। 

यो व्यवस्थाको पालना किन नगरिएको हो भन्ने विषयमा आफूहरुको चासो रहेको खड्काले बताएका छन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार यस विषयमा हङकङको भन्सार विभागले भने बोल्न अस्वीकार गरेको छ। 

‘कुनै तस्करीको घटना भए हामी त्यसमा जोडदार कदम चाल्नेछौँ। हामी कुनै गैरकानुनी काम सहँदैनौँ भन्नेमा जोड दिन चाहन्छौँ,’ विभागका प्रवक्ताले भनेका छन्।

रेडी ट्रेड नामक कम्पनीले सो सुन भित्र्याएको थियो। 

तस्करीमा संलग्न भएको आशंकामा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .