समाज


रामेछापमा लम्पीस्किनबाट ३८१ पशुचौपाया मरे

रामेछापमा लम्पीस्किनबाट ३८१ पशुचौपाया मरे

फाइल तस्बिर


रासस
साउन १२, २०८० शुक्रबार ९:४०, काठमाडौँ

रामेछापमा लम्पीस्किन संक्रमणबाट ३८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्।

लम्पीस्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगंगामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पीस्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए। 

दोरम्बा सैलुंग गाउँपालिकामा भने लम्पीस्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। दोरम्बा सैलुंगका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले भने, 'दोरम्बा सैलुंगमा तथ्यांक संकलनको तयारी गर्दैछौँ।'

लम्पीस्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्। रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए।

रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ। किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad