समाज


कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरमा ८ दिनमा १ हजार बढीले दिए आवेदन

कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरमा ८ दिनमा १ हजार बढीले दिए आवेदन

नेपालखबर
साउन ४, २०८० बिहिबार २०:३, काठमाडौँ

काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाले अनलाइन आवेदन दर्ता गरेका छन्। गत असार २८ गते बिहान १० बजेबाट खुला गरिएको आवेदनमा ८ दिनभित्र (साउन ४ गते) अपरान्ह साढे ३ बजेसम्म सो संख्यामा आवेदन परेको महानगरले जनाएको छ। 

जसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन्। दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन्। यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ।

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको महानगरपालिकाले जनाएको छ।

कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको महानगरले बताएको छ।

शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले भने, ‘हामी साउन महिनाको दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ भन्ने विवरण सार्वजनिक गर्नेछौं।’ 

विद्यालयहरूबाट चारित्रिक प्रमाणपत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाणपत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाको भनाइ छ।

विद्यार्थीहरुले साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दर्ता गराउन सक्ने जनाइएको छ।

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad