ad ad

समाज


अमेरिकामा गोली प्रहार हुँदा चारको मृत्यु

अमेरिकामा गोली प्रहार हुँदा चारको मृत्यु

नेपालखबर
माघ ४, २०७६ शनिबार ८:३२,

उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोली प्रहार भएको हो ।

“सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए।

आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको बताइएको छ। रासस/एएफपी

Image result for 2nd LD: 4 people die in home shooting in U.S. state of Utah

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .