समाज


नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्दै त्रिवि

नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्दै त्रिवि

नेपालखबर
असार २८, २०८० बिहिबार ६:४५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयबाट  सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ। 

विश्वविद्यालयले बुधबार सूचना प्रकाशन गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।

नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशन गरिएको विश्वविद्यालयको भनाइ छ। 

विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डिनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशन गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad