बालुवाटारस्थित ललिता निवास क्षेत्रमा रहेको सरकारी जग्गामा काठमाडौं महानगरपालिकाले तारबार गर्ने भएको छ।
महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली पठाएर उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागेको हो।
नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार तारबार लगाउनका लागि अहिले साढे २ बजेट टोली ललिता निवास क्षेत्रमा पुग्दैछ।
‘ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो। त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ।’
87
Shares
प्रतिक्रिया