समाज


विमान आपत्‌कालीन अवतरण गर्न इन्धन खसाल्दा ६० घाइते

विमान आपत्‌कालीन अवतरण गर्न इन्धन खसाल्दा ६० घाइते

नेपालखबर
माघ १, २०७६ बुधबार ६:८,

मंगलबार लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि इन्धन खसालिँदा उक्त इन्धन तल रहेका पाँच प्राथमिक विद्यालय खस्यो।

इन्धन विद्यालयहरुमा खसेपछि २० बालबालिका सहित ६० जना घाइते भएको सीएनएनले जनाएको छ।

केही बालबालिका तथा युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको जनाइएको छ।

हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिए पनि उच्च उचाइबाट निश्चित स्थानमा मात्रै त्यसो गर्न पाइने बताइएको छ।

विद्यालय रहेको कुडाही शहरकी नगरप्रमुख एलिजावेथ एल्कान्टरले भनिन्,‘म ज्यादै दुखित छु। यो प्राथमिक विद्यालय हो र त्यहाँ सबै साना बालबालिका थिए।’

डेल्टा वायुसेवाले एक विज्ञप्तिमा विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।

फेडेरल एभिएशन एडमिनिस्ट्रेसनकी प्रवक्त्ता एलेन केनिट्जेरले रोयटर्स समाचार संस्थालाई भने,‘हामी यो घटनाको छानबिन गरिरहेका छौँ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad