समाज


मनसुन प्रभाव : विपद्‌को जोखिम सबैभन्दा बढी मधेशमा, कर्णालीमा कम

मनसुन प्रभाव : विपद्‌को जोखिम सबैभन्दा बढी मधेशमा, कर्णालीमा कम

नेपालखबर
असार ४, २०८० सोमबार ८:१, काठमाडौँ

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८० ले यस वर्ष मनसुनबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ।

कार्ययोजनाले मनुसनबाट प्रभावित हुनसक्न जनसंख्याको प्रदेशगत विवरण सार्वजनिक गरेको छ। जसअनुसार सबैभन्दा प्रभावित मधेश प्रदेशका नागरिक हुनेछन्। तथ्यांक अनुसार मधेशमा ४ लाख बढी जनसंख्या मनसुनबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यसपछि कोशी, लुम्बिनी र सुदूरपश्चिमका नागरिक प्रभावित हुने अनुमान गरिएको छ।

मनसुनबाट कम प्रभावित हुने क्षेत्रमा कर्णाली प्रदेशलाई राखिएको छ।

 

विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रभावित अनुमानअनुसार प्राधिकरणले विपद्‌का लागि थप तयारी गरिरहेको छ। जसन्तर्गत पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा 'ए क्लास' एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक-एकवटा रहने व्यवस्था मिलाइएको उनले बताए।

मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडीलाई राखिएको छ।

यसैगरी, बाढीबाट बढी प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad