ad ad

समाज


‘आदिपुरुष’ लेखकको विवादित बयान : नेपाल सन् १९०३ अघि भारतकै हिस्सा थियो

‘आदिपुरुष’ लेखकको विवादित बयान : नेपाल सन् १९०३ अघि भारतकै हिस्सा थियो

नेपालखबर
असार ३, २०८० आइतबार ८:१७, काठमाडौँ

दक्षिण भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुंतशीरले नेपाल सन् १९०३ अघि नेपाल भारतकै हिस्सा भएको विवादित बयान दिएका छन्।

भारतीय सञ्चारमाध्यम आजतकसँग नेपालमा आदिपुरुष विवादित बनेको र संवाद पनि बदलिएको भन्ने प्रश्नमा उनले उक्त विवादित बयान दिएका हुन्।

'नेपालमा भइरहेको विरोध के हो म बुझ्न सकिरहेको छैन। यसकारण मैले बुझ्न सकेको छैन, यो कथा त त्यतिबेलाको हो जतिबेला नेपाल भारतकै हिस्सा थियो। सीतालाई भारतकी छोरी भनिरहेका छौँ, नेपाल कहाँ छुट्टै थियो?' उनले भनेका छन्, 'सन् १९०३ कि ४ तिर मात्रै नेपाल भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। त्यसैले सीता भारतकै छोरी थिइन्।'

फिल्माथि प्रश्नहरू उठिरहँदा मुन्तासिर विभिन्न सञ्चारमाध्यममा विवादित अभिव्यक्ति दिइरहेका छन्।

१६ जुनदेखि प्रदर्शनमा आएको यो फिल्म नेपालमा मात्रै नभई भारतमा पनि उत्तिकै विवादित बनेको छ। फिल्म रिलिज भएसँगै संवादलाई लिएर दर्शकहरूले आपत्ति र आक्रोश जनाएका छन्।

चलचित्रमा प्रयोग गरिएको भाषालाई ‘अभद्र र अपमानजनक’ भन्दै दर्शकले सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन्।

पटकथा लेखक मुंतशिर यसअघि पनि पटकपटक विवादमा आएका गीतकार एवं कवि हुन्।

मनोजले किताब लेखेपछि उनीमाथि ‘साहित्य चोरी’को आरोप लागेको थियो।

ऋचा चड्डालगायत कलाकारले मुंतशिरका अभिव्यक्तिले घृणाको बीउ छरेको आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .