ad ad

समाज


खाँणका पक्षबाट २ पूर्वमहान्यायाधिवक्ता, बार अध्यक्षसहित यी वकिलले गर्दै छन् बहस

खाँणका पक्षबाट २ पूर्वमहान्यायाधिवक्ता, बार अध्यक्षसहित यी वकिलले गर्दै छन् बहस

फाइल तस्बिर : प्रहरीको नियन्त्रणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण


नेपालखबर
जेठ २१, २०८० आइतबार ९:२५, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट  २ पूर्वमहान्यायाधिवक्तासहित दर्जनभन्दा बढी वकिलले बहस गर्ने भएका छन्।

खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहालले बहस गर्दै छन्। खाती खाँण गृहमन्त्री भएकै बेला महान्यायाधिवक्ता थिए।

त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाँणका पक्षमा बहस गर्दै छन्।  बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाँणका पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए।

त्यसबाहेक योगेन्द्र अधिकारीसहित  १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन्। अधिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन्। 

नक्कली शरणार्थी प्रकरणमा खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। यीमध्ये १८ जना पक्राउ परेका छन्।

पक्राउ परेका सबैको बयान सकिएसँगै अदालतमा आज थुनछेक बहस सुरु हुँदैछ। बहस जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ। आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्।  सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।  

थप विवरणनक्कली शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, पहिलो दिन सरकारी वकिलको पालो

सम्बन्धित अन्य खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .