समाज


सांसद सञ्जय गौतमलाई अनशन तोड्न भौतिक मन्त्रीको आग्रह

सांसद सञ्जय गौतमलाई अनशन तोड्न भौतिक मन्त्रीको आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला। तस्बिर : बसन्त अर्याल


नेपालखबर
जेठ ३, २०८० बुधबार १६:५८, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बनाउँदा बनाउँदै भत्किएको बर्दियाको जब्दीघाट पुलको संरचना हटाउन मेशिन पठाइसकेको बताएका छन्।

मन्त्री ज्वालाले भत्किएको उक्त पुल हटाएपछि वर्षातको समयमा डुबान र कटानको समस्या समाधान हुने पनि बताएका छन्। 

उनले नयाँ ठाउँमा पुल बनाउन बढीमा १० दिनभित्र टेन्डर आह्नवान गरिसक्ने पनि जानकारी दिएका छन्। 

पुल भत्किएको ठाउँमा रिले अनशनमा बर्दियाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद सञ्जय गौतमलाई अनसन तोड्न पनि मन्त्री ज्वालाले आग्रह गरेका छन्।

संसद गौतमले भत्किएको पुलको समस्या समाधान नभएसम्म अनशन बस्ने बताइसकेका छन्। 

मन्त्रालयका सचिव केशव शर्माले डिजाइन एन्ड बिल्ड मोडालिटीमा नयाँ पुल बन्ने पनि बताएका छन्। भत्किएको पुल ४३५ मिटर लामो थियो।  

भत्किएको पुल प्राविधिक रूपमा सञ्चालन गर्न नसकिने भएकाले नयाँ बनाउने निर्णयमा पुगिसकेको मन्त्रालयले जानकारी दिएको छ।

पुलमुनि कांग्रेस सांसद गौतमको अनशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .