ad ad

समाज


हरिवनमा टेलिमेडिसिन सेवा आारम्भ

हरिवनमा टेलिमेडिसिन सेवा आारम्भ

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:४७, काठमाडौँ

हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरिएको छ।

टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले हरिवन–४ निवासी कान्छीमायासँगको भिडिओ सम्बाद मार्फत गरेकी थिइन्।

नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालीले प्रत्येक महिना १०० भन्दा बढी बिरामीहरुको चेकजाँच गर्दै आएका छन्। यस कार्यक्रम तेस्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आइरहेको छ।

यसका साथै बालबालिकाहरुको मानसिक रोग सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ। हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षक शिक्षिकाहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ। १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १०–१२ जना गम्भीर प्रकृतिका मानसिक रोगीहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ।

सो कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्ने विशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनाली, डा. ज्योति भट्टराई, डा. अमित झा, सिविन नेपालका तर्फबाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने युवराज बुढाथोकीलगायतलाई नगरपालिकाले धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .